Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राजनीतिक बन्दी रिहा गर्न सरकारले अविलम्ब विधेयक सदनमा ल्याओस् : बालकृष्ण खाँण

    राजनीतिक बन्दी रिहा गर्न सरकारले अविलम्ब विधेयक सदनमा ल्याओस् : बालकृष्ण खाँण

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 489
    SHARES

    फाइल तस्विर

    बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशका आधारमा वर्तमान सरकारले विधेयक अविलम्ब सदनमा ल्याउनु पर्ने बताएका छन् ।

    मंगलबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै निवर्तमान गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिस्ट पार्टी र तराई मधेशका अन्य राजनीतिक शक्तिहरुसँग तत्कालीन सरकारले गरेको सम्झौता अनुसार मुद्दा फिर्ता लिन र उनीहरुलाई रिहाइ गर्न कानुनी बाधा हटाउनु पर्ने बताए ।



    राजनीतिक उद्देश्यका लागि विभिन्न राजनीतिक शक्तिहरूले गरेका आन्दोलन र विद्रोहका कारण मुद्दा लागेका र जेल बसेका नेता कार्यकर्तालाई जेलबाट छुटाउन सके शान्तिप्रक्रिया निष्कर्षमा पुग्न सहज हुने उनको भनाई छ ।



    देउवा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ११६ दफामा उपदफा थपेर जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने व्यवस्थासहित अध्यादेश ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार