Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

    सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 897
    SHARES

    नवलपरासी पूर्व । ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ । उनको मंगलबार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

    गत पुस ८ गते घरमै बेहोस भएका गोपाललाई त्यसैदिन भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।



    मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालको भनाइ छ ।



    उनको उपचारमा १० लाख खर्च भैसकेको छ । करिब ६ लाख अस्पतालमा बुझाइएको छ । बाँकी ४ लाख खोजखाज गरेर शव बुझ्ने जयसवालले बताए ।

    उपचारका क्रममा पैसा अभाव भएपछि भने सुस्तेलीले गोपाल गुरुङ बचाउअभियान सुरु गरेर घरघरै नगद सहयोग मागेका थिए ।

    भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन गुरुङले २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार