Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले दिए राजीनामा

    युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 513
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका चारजना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् ।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन् ।



    पछिल्लो पटक घुस लिएको आरोपदेखि महँगो मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्ने गरी काम गरेको उनका एकजना सहयोगीले बताए ।



    राष्ट्रपति जेलेन्स्कीले स्वीकृतिप्राप्त काममाबाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार