Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • समान विचार भएकासँग वार्ता गर्न राप्रपा नेपालले बनायो कमिटी

    समान विचार भएकासँग वार्ता गर्न राप्रपा नेपालले बनायो कमिटी

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । कमल थापाको नेतृत्वको राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ ।

    काठमाडौँमा हालै सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो ।



    समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन् ।



    पार्टीलाई बलियो बनाउन निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग सम्वाद शुरु गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार