Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

    बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ ।



    जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ।

    काठमाडौंमा मंगलबार इलामका एक पुरूषले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार