Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु, ६ जनाले आँखाको ज्योति गुमाए

    विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु, ६ जनाले आँखाको ज्योति गुमाए

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 378
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । मंगलबार विषाक्त मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका हुन् ।

    सुरुमा विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो ।



    बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको थियो ।मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको थियो।



    हात निर्मलीकरण गर्ने स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’बाट नक्कली मदिरा उत्पादन गरिएको विहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताएका छन्। विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार