Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जर्मनीले युक्रेनमा सैन्य ट्यांक पठाउने, रुससँगको युद्ध झनै चर्कने संकेत

    जर्मनीले युक्रेनमा सैन्य ट्यांक पठाउने, रुससँगको युद्ध झनै चर्कने संकेत

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 450
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड–२’ सैन्य ट्यांक पठाउने निर्णय गरेको छ ।

    जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक पठाउन अनुमति दिएका हुन् ।



    जर्मनीमा निर्मित यो सैनिक ट्यांक कुनैपनि देशले तेस्रो मुलुकमा पठाउन जर्मनीको अनुमति लिुनपर्ने अनिवार्य प्रावधान थियो । यसअघि जर्मनीले यो ट्यांक युक्रेन पठाउन आनाकानी गरिरहेको थियो ।



    जर्मनीले हाललाई १४ वटा ‘लियोपार्ड–२’ ट्यांक पठाउने निर्णय गरेको हो । पोल्याण्डले यसअघि नै युक्रेनमा त्यस्ता ट्यांक पठाएर सहयोग गर्ने निर्णय गरेकोमा जर्मनीले अनुमति नदिएका कारण रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार