Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • खानेपानीमन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण

    खानेपानीमन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 969
    SHARES

    काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारीमा असन्तुष्टि जनाउँदै पदभार ग्रहण नगर्ने अडान लिएका खान अन्तत मन्त्रालय आइपुगेका हुन् ।

    पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए ।



    सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पारे ।



    मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफुले मन्त्रालय सम्हालेको बताए । आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।

    खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरि आफूले काम गर्ने बताउँदै उनले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताए ।

    ११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए । तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार