Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने

    ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 495
    SHARES

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने भएका छन् ।

    करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिन लागेको हो ।



    सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो ।



    मेटाका अनुसार ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने स्पष्ट पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार