Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आजको मौसम : बढ्दै तापक्रम, देशभर आंशिकदेखि सामान्य बदली

    आजको मौसम : बढ्दै तापक्रम, देशभर आंशिकदेखि सामान्य बदली

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव छ । जसकारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    विभागले आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।



    विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    तराईका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ ।

    आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार