Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सुनको मूल्य हालसम्मकै महँगो, एक लाख ६९ सयमा कारोबार

    सुनको मूल्य हालसम्मकै महँगो, एक लाख ६९ सयमा कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 678
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।

    बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    गत मंगलबार कायम भएको १ लाख ६ हजार ३ सयको उच्च मुल्यको रेकर्ड तोड्दै सुनको मुल्यले बिहीबार पुनः नयाँ रेकर्ड राखेको हो ।

    त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार