Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शाहरुखको ‘पठान’ लाई दर्शकको साथ, हिन्दी संस्करणमा मात्र ५१ करोड भारु

    शाहरुखको ‘पठान’ लाई दर्शकको साथ, हिन्दी संस्करणमा मात्र ५१ करोड भारु

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 498
    SHARES

    एजेन्सी । बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । शाहरुख खान स्टारर फिल्म पठानले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको हो ।

    यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ । भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर हाउसफुल रह्यो ।



    भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसमा मात्र फिल्मले २६.५० करोडको कमाइ गरेका छन् । यो कुल कमाइको आधा भएको उल्लेख छ । गणतन्त्र दिवसको बिदाको दिन भएकाले बिहीबार फिल्मको कमाइमा उछाल आउने आँकलन गरिएको छ ।



    दुई दिनमै १०० करोड पार गर्ने फिल्म समेत पठान बन्ने प्रक्षेपण गरिएको छ । चार दिनको लामो सप्ताहन्त भएकाले फिल्मको कमाइ यसबीच २०० करोड भारु आसपास पुग्ने देखिन्छ । तेलुगू र तमिल संस्करणबाट थप तीन करोड कमाइ भएको जनाइएको छ ।

    लगातार ठूला फिल्म समेत असफल भइरहेको बेला पठानले भारतीय बक्स अफिसलाई उद्धार गर्ने देखिएको छ । मुम्बई सर्किटमा मात्र पहिलो दिन पठानका २० हजारभन्दा बढी शो आयोजना गरिएको समेत जनाइएको छ । विदेशमा समेत पठानको कमाइ आकर्षक देखिएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार