Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड

    काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 384
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ।

    मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो।



    गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।



    सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

    तोकिएको समय सकिएपछि कात्तिक २७ गतेदेखि अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो।

    यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ। दुई महिनाको अवधिमा सो संख्यामा बोर्ड हटाइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार