Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आत्मदाहबारे रवीन्द्र मिश्रको टिप्पणी – परिवर्तन पक्षधर असफल भयौँ

    आत्मदाहबारे रवीन्द्र मिश्रको टिप्पणी – परिवर्तन पक्षधर असफल भयौँ

    'म आमरण अनसन बस्ने योजनामा छु!'

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूसहित परिवर्तनका पक्षधरहरू असफल भएको स्वीकार गरेका छन् ।

    संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको प्रयासले आफू असफल भएको स्वीकार गरेका हुन् ।



    बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्,’म आमरण अनसन बस्ने योजनामा छु! प्रेमजी, तपाईंले अस्ती विहान मलाई पठाएको सन्देश हो यो। तर त्यसको केही घण्टाभित्रै दिउँससम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ।



    तपाईंले आत्मदाह-पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।

    तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस्। अत्यन्तै पीडा भएको छ, प्रेमजी! इमानदारीपूर्वक भन्दा, नेपाली समाज इतिहासमैँ यति ‘पतित’ कहिल्यै भएको थिएन।

    विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीवीबाट ग्रस्त थियो तर यो तहको ‘पतित-ता’ बाट ग्रस्त थिएन। त्यस्तो ‘पतित-ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।

    तपाईंले ऋण तिर्नका लागि श्रीमतिलाई सहयोग गरिदिन गर्नुभएको अपीलमा मैले पनि सानो सहयोग गर्ने निर्णय गरेको छु। देशभित्र र बाहिर रहनुभएका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछु!’

    उनले आचार्यको मृत्युले आफूलाई अत्यन्तै पीडा दिएको भन्दै समाज नै पतनमा गएको टिप्पणी गरेका छन् । मिश्रले आचार्यको आग्रहअनुसार उनकी श्रीमतीलाई सहयोग गर्न लागेको भन्दै देश–विदेशमा रहेका सहयोगीहरूलाई अपिल पनि गरेका छन् ।

    आचार्यले गएको मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका थिए । त्यसपछि प्रहरीले उद्धार गरी उनलाई अस्पतालमा पुर्‍याएको थियो । उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बुधबार बिहान मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार