Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आत्मदाह प्रकरण – आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो ६ सदस्यीय समिति

    आत्मदाह प्रकरण – आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो ६ सदस्यीय समिति

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 768
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    बिहीबार गृहमन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा समिति गठन गरिएको हो ।



    समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेछन् ।



    समितिले सामाजिक सञ्जालमा आचार्यले उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । साथै सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार