Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पत्रकारलाई लागूऔषध राखेर फसाउने एसएसपीलाई ललितपुरको प्रमुख बनाइएपछि आईजीपीसँग गृहमन्त्री असन्तुष्ट

    पत्रकारलाई लागूऔषध राखेर फसाउने एसएसपीलाई ललितपुरको प्रमुख बनाइएपछि आईजीपीसँग गृहमन्त्री असन्तुष्ट

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले  करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा घुसकाण्डमा पक्राउ परी अदालतबाट सफाइ पाएका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको खबर एकाएक सार्वजनिक भएपछि कबारीको सरुवा रद्द भएको छ।

    यता सिडिओको सरुवामा भएको चलखेल जस्तै एसपी र डिएसपी सरुवामा पनि सेटिङ चलेको सुइको पाएपछि गृहमन्त्री रबि लामिछानेले सरुवा रोकेका छन्। गृहमन्त्री लामिछानेले प्रहरीको सरुवा र वढुवामा हस्तक्षेप नगर्ने भन्दै आएका छन् ।



    डिआइजी र एसएसपी सरुवामा गृहमन्त्री लामिछानेले ठूलो चासो नराख्दा आईजीपी धिरज प्रताप सिंहले चलखेल गरेको प्रमाण गृहमन्त्रीसम्म पुगेको वताइएको छ। जसका कारण आईजीपी सिंहले बनाएको एसपी र डिएसपी सरुवाको सूचीलाई लामिछानेले रोकेको स्रोत वताउँछ।



    आईजीपी सिंहले ललितपुर प्रहरी प्रमुख बनाएका एसएसपी सिद्धिविक्रम शाह  जो रौतहटको प्रहरी प्रमुख हुँदा ३२ साउन ०७८ मा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागू औषध राखेर फसाउने दुष्चेष्टा गरेका थिए । जुन कुराको अडियो नै बाहिरिएको थियो।

    प्रहरी प्रधान कार्यालयले निर्दोष पत्रकारलाई षडयन्त्र गरी फसाएको घटनामा शाहको संलग्नता पुष्टि भएपछि शाहलाई ८ भदौ ०७८ मा रौतहटको एसपीबाट हटाएको थियो।  प्रधान कार्यालयले शाहको संलग्नताबारे छानविन गर्न  समिति नै बनाएको थियो ।

    शाहले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निर्देशन दिएर पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागू औषध राख्न लगाएका छानविनबाट पुष्टि भएको थियो ।

    तर, सिंह आईजीपी भएपछि  शाहको निलम्बन फुकुवा गरी एसएसपीमा बढुवा गरेर पहिलो पटक नै प्रदेश कार्यालय भैरहवाको इन्चार्ज बनाएर पठाएका थिए ।  आईजीपी सिंहले उनै शाहलाई पुरस्कृत गरी फेरी प्रहरी परिसर ललितपुरको इन्चार्ज बनाएर मन्त्री लामिछानेको सुशासन अभियानलाई चुनौती दिएका छन्।

    एसएसपी सिद्धिविक्रम शाहको सरुवालाई लिएर मन्त्री लामिछाने र आईजीपी सिंहबीच बिबाद नै भएको स्रोतको दाबी छ।

    आईजीपी सिंहले आफ्ना नातेदार एसपी सुधिर शाहीलाई रुपेन्देहीको प्रहरी बनाउन चाहेका छन् । तर, मन्त्री लामिछानेले अर्कै एसपीलाई पठाउन खोज्दा सरुवा नै रोकिएको गृह स्रोतले जनाएको छ। त्यस्तै डिएसपी सरुवामा पनि आईजीपी सिंहले चलखेल गरेको आरोप लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार