Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पार्टी एकताका विषयमा कृष्णबहादुर महराले छुट्टै प्रतिवेदन पेस गर्ने

    पार्टी एकताका विषयमा कृष्णबहादुर महराले छुट्टै प्रतिवेदन पेस गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं एकता वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् ।

    महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्न लागेका हुन् ।



    माओवादी स्थायी समिति बैठक बिहीबारदेखि चलिरहेको छ । माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।



    जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार