Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माओवादीको स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

    माओवादीको स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 465
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    पार्टी कार्यालय पेरिसडाडाँमा स्थायी कमिटी बैठक सुरु भएको हो ।



    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।



    बिहीबारको बैठकमा प्रधानमन्त्री समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।

    आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार