Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न तीनबुँदे माग राख्दै सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

    सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न तीनबुँदे माग राख्दै सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीहरूले माइतीघरदेखी नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

    ‘आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका हुन् ।



    विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी प्रदर्शनमा उत्रिएका हुन् ।



    प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

    उनीहरुले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपूर्जा दिनुपर्ने माग गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार