Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वरिष्ठ अधिवक्ता भण्डारीले भने – रवि लामिछानेले राज्यसंयन्त्रलाई ढाँट्ने र छल्ने काम गरे

    वरिष्ठ अधिवक्ता भण्डारीले भने – रवि लामिछानेले राज्यसंयन्त्रलाई ढाँट्ने र छल्ने काम गरे

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 783
    SHARES

    काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यसंयन्त्रलाई ढाँट्ने र छल्ने काम गरेको बताएका छन् ।

    लामिछानेको संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले उक्त कुरा बताएका हुन् ।



    वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ । आफू विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिएर गर्नुभएको छ ।’



    लामिछानेको पक्षमा वकालत गरेका महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्मी र निजी वकिलहरूले राखेका तर्कको जवाफी बहसका क्रममा रिट निवेदकका तर्फबाट भण्डारीले राज्यको नजरमा सबै नागरिक समान हुनुपर्ने तर्क राखेका हुन् ।

    लामिछानेलाई कानुनले विशेष छुट दिन नहुने तर्क पनि वरिष्ठ अधिवक्ता भण्डारीले राखेका छन् । उनले प्रत्येक नागरिकलाई कानुनले समान रूपमा हेर्ने भन्दै इजलासले रवि लामिछाने सांसद सदस्य बन्न अयोग्य रहेको रिट जारी गर्नुपर्ने तर्क गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार