Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माघ २२ देखि बीपीडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्दै

    माघ २२ देखि बीपीडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 495
    SHARES

    फाइल फोटो

    काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

    कम्पनीले २२ माघदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण सेयर बिक्री गर्ने भएको हो ।



    उक्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका नौ हजार सात सय कित्ता साधारण सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।



    निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी ८ फागुनसम्म अधिकतम एक हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार