Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रवि लामिछाने नेपाली हुन्, नेपाली नागरिक होइनन् : वरिष्ठ अधिवक्ता कर्ण

    रवि लामिछाने नेपाली हुन्, नेपाली नागरिक होइनन् : वरिष्ठ अधिवक्ता कर्ण

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली भएको तर नेपाली नागरिक नभएको वरिष्ठ अधिवक्ता रमन कर्णले बताएका छन् ।

    लामिछाने संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहसका क्रममा वरिष्ठ अधिवक्ता कर्णले यस्तो बताएका हुन् ।



    उनले नयाँ नागरिकता जारी गर्ने भनेको निरन्तरता टुटेको देखाउनका लागि भएको बताए । कर्णले भने, ‘कानुनले पुरानो नागरिकता स्वतस् क्रियाशील हुनेछ भनेर बोलेन, निस्सा दर्ता भएदेखि निजको नेपाल नागरिकता पुनः जारी गर्ने भनेको छ ।



    निस्सा जारी भएको मितिदेखि नेपाली नागरिकता पुनः कायम रहनेछ । विदेशी नागरिकता लिएको अवस्थामा त्यागे र त्यो त्यागेको निस्सा दिने भन्ने छ ।’

    लामिछाने राज्यविहीन भने नभएको वरिष्ठ अधिवक्ता कर्णको भनाइ थियो ।  उनले लामिछाने नेपाली भएको तर नेपाली नागरिक नभएको तर्क गरेका थिए ।

    नागरिकताका विषयमा राज्यका कानुन उदार हुनुपर्ने भएपनि नागरिकले निश्चित नागरिकता भने पूरा गर्नुपर्ने कर्णको भनाइ थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार