Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उद्योगमन्त्री भण्डारीले भने – म समस्याको गीत गाउन होइन, लगानीमैत्री वातावरण बनाउन आएको हुँ

    उद्योगमन्त्री भण्डारीले भने – म समस्याको गीत गाउन होइन, लगानीमैत्री वातावरण बनाउन आएको हुँ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 486
    SHARES

    काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन् ।

    शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।



    उनले भने, ‘ उद्योगमन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई हामी निर्यात गर्ने वस्तुहरुको लागि कहीँ जग्गा खोजिरहेका छौँ । चाँडै हामी त्यो कुराको कमी नहुने गरी सरकारले निर्णय गर्नेछ । समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’

    मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए ।

    उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताए ।

    मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताए । उनले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार