Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकिएपछि न्यायाधीशहरु छलफलमा

    गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकिएपछि न्यायाधीशहरु छलफलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा बहस सकिएपछि न्यायाधीशहरु छलफलमा बसेका छन्।

    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार भएको मुद्दाको बहस सकिएको हो।



    सर्वोच्च स्रोतका अनुसार आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने भन्नेबारे छलफल भइरहेको छ । अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।



    शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरूद्ध परेको रिटमा अन्तिम सुनुवाइ गरेको हो।

    आज लामिछानेका तर्फबाट केही वकिलले बहस गरेका थिए भने रिट निवेदकका वकिलले जवाफी बहस गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार