Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपाली कांग्रेसले नीति महाधिवेशन वैशाखमा गर्ने

    नेपाली कांग्रेसले नीति महाधिवेशन वैशाखमा गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 579
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो ।

    १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको जनाईएको छ ।



    गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो ।



    पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन । आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछिमात्रै नीति महाधिवेशन गर्ने फुर्सद मिलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार