Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राजनीतिमै फर्कन रविलाई सिकेको आग्रह, भन्छन् – रवि आशाको केन्द्र हुनुहुन्थ्यो,‘कमब्याकहिरो’

    राजनीतिमै फर्कन रविलाई सिकेको आग्रह, भन्छन् – रवि आशाको केन्द्र हुनुहुन्थ्यो,‘कमब्याकहिरो’

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 429
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रवि लामिछानेलाई प्रक्रिया पुर्‍याएर राजनीतिमा फर्कन सुझाव दिएका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लामिछानेलाई आफूले आशाको केन्द्रको रुपमा हेरेको भन्दै राउतले फर्कनका लागि आग्रह गरेका हुन् ।



    सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो । सोही विषयमा प्रतिक्रिया दिँदै उनले रविलाई कमब्याकहिरो भनेका हुन् ।



    उनले लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनीतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो । कमब्याकहिरो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार