Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जलवाष्पयुक्त वायुको प्रभाव, तराईका थोरै स्थानमा हुस्सु र कुहिरो

    जलवाष्पयुक्त वायुको प्रभाव, तराईका थोरै स्थानमा हुस्सु र कुहिरो

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 393
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ ।

    अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ । देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ ।



    आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

    विभागका अनुसार आज राति प्रदेश–१ मा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    तराईका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार