Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • मानिसलाई सुँघेर क्यान्सर पत्ता लगाइदिने कमिला

    मानिसलाई सुँघेर क्यान्सर पत्ता लगाइदिने कमिला

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 399
    SHARES

    एजेन्सी । शरीरमा भएका क्यान्सर ट्युमरका कारण शरीरबाट भिन्न खालको केमिकल निस्कने गर्छ । भोलाटाइल अर्गानिक कम्पाउन्ड भनिने यो रसायन पसिना र पिसाबसँगै बाहिर निस्कन्छ ।

    अब कमिलाले यसै केमिकललाई सुँघेर थाहा पाउनेछ र कुनै परीक्षण बिना नै कमिलाले कसैलाई क्यान्सर छ वा छैन भनेर पत्ता लगाउन सक्नेछ । कमिलाको नाक नभएका कारण, क्यान्सर सुँघ्न उनीहरुले आफ्नो एन्टेना प्रयोग गर्छन्।



    युरोप र दक्षिण एसियामा धेरै पाइने फोर्मिका फस्का कमिलाको प्रयोग गरी गरिएको अध्ययनलाई कुनै पनि खर्च र शरीरमा घाउ बिना नै ठूलो मात्रामा क्यान्सर पहिचान गर्न सक्ने महत्वपूर्ण बायोमार्करका रूपमा लिइएको छ ।



    सुँघ्ने क्षमता उच्च भएका कुकुरहरुले लामो समयदेखि मानिसमा क्यान्सर पत्ता लगाउन तालिम लिइरहेका छन् । धेरैजसो अवस्थामा क्यानसर पत्ता लाग्दा रोगले विकराल रुप लिइसकेको हुन्छ । यस्तो अवस्थामा विशेषज्ञले प्रारम्भिक चरणमा संकेत प्राप्त गर्न सजिलो हुने उपाय खोजिरहेका छन् ।

    फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चले केही दिन अघि आफ्नो यो शोधबारे कुरा गर्दै कमिलाले यो मामिलामा कुकुरभन्दा पनि राम्रो प्रदर्शन गरिरहेको बताइएको छ ।

    शोधका लागि वैज्ञानिकले मानिसको ब्रेस्ट क्यान्सरको सेल्स लिएर मुसामा ट्रान्सप्लान्ट गरिदिए र त्यसलाई बढ्न दिए । यो तरिकालाई जिनोग्राफ्टिङ भनिन्छ ।

    यी मुसाको पिसाबसहित स्वस्थ मुसाको पिसाबको स्याम्पल लिएर त्यसलाई कमिलाको अगाडि राखियो । साथै यसमा रिवार्ड सिस्टम पनि थियो जसका लागि यी कमिलालाई पहिलादेखि नै तालिम दिइएको थियो । यसो गर्दा कमिलाले क्यान्सर सेल भएका स्याम्पललाई तुरुन्तै चिन्यो ।

    क्यान्सरका लागि कमिलाको विषयमा पहिला पनि परीक्षण भइरहे । जस्तै केही वर्ष अघि कमिलामा पाइने एक केमिकलले क्यान्सरको औषधीको असर ५० गुणासम्म बढाउने एक अध्ययनमा दाबी गरिएको थियो ।

    यो केमिकल ‘बिच्छु घास’ नामको बोटमा पनि पाइन्छ । साइन्स रिसर्च म्यागजिन ‘नेचर कम्युनिकेशन्स’ मा छापिएको एक अनुसन्धानमा बताइए अनुसार कमिला वा बिच्छु घासमा पाइने केमिकल ‘सोडियम फोस्फेट’ लाई क्यान्सरको उपचारमा समावेश गर्दा औषधीमा क्यान्सरग्रस्त कोसिकालाई नष्ट गर्ने क्षमता थुप्रै गुणा बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार