Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पूर्वमन्त्री बस्नेतले लिए आत्मदाह गरेका आचार्यका छोरीहरूलाई पढाउने जिम्मा

    पूर्वमन्त्री बस्नेतले लिए आत्मदाह गरेका आचार्यका छोरीहरूलाई पढाउने जिम्मा

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ।

    कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले आज स्व। आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताए ।



    भेटमा पूर्वमन्त्री बस्नेतले स्व। आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए ।



    “स्व. आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व। आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ,” पूर्वमन्त्री बस्नेतले भने ।

    आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार