Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल टी-२० लिग स्पट फिक्सिङ प्रकरण

    क्यानका अध्यक्ष चन्दसहित पाँच पदाधिकारीको राजिनामा माग

    क्यानका अध्यक्ष चन्दसहित पाँच पदाधिकारीको राजिनामा माग

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ७ जना सदस्यले अध्यक्षसहित ५ पदाधिकारीको राजीनामा माग गरेका छन् ।

    उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् ।



    उनीहरुले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजिनामा माग गरेका छन् ।



    राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

    उनीहरुले भनेका छन्, ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराध हुन दिन बाटो खोलिदिन पदाधिकारीहरुको गल्ती र कार्यसम्पादन समितिका सदस्यहरुको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन । त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन, कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं।’

    आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।

    अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए । तर आज आइतबार पत्रकार सम्मेलन गर्ने ७ जना केन्द्रिय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार