Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रेमप्रसाद आचार्यको घटना सेलाउन नपाउँदै पोखरामा अर्को आत्मदाहको प्रयास

    प्रेमप्रसाद आचार्यको घटना सेलाउन नपाउँदै पोखरामा अर्को आत्मदाहको प्रयास

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 708
    SHARES

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।

    केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्य मृत्युको घटना सेलाउन  नपाउँदै अर्को घटना भएको हो ।



    घाइते हुनेमा काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।



    डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटी घाइते भएको प्रहरीले जनाएको छ ।

    कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार