Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

    २०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 642
    SHARES

    काठमाडौं । आगामी २०८० को  शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरुगर्ने निर्णय भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो ।



    शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि शुरू गर्ने निर्णय गरेको हो ।



    कतिपय जिल्ला तथा विद्यालयहरूबाट शैक्षिक शत्र कहिलेदेखि शुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए । चालू शैक्षिक शत्र असार १ गतेदेखि सुरू भएको थियो ।

    हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार