Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दोहोर अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब १ करोड

    दोहोर अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब १ करोड

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 372
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ ।



    यस्तै, आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा आज आइएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले आज ९ करोड ९९ लाख कारोबार गरेको छ ।



    आज आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर किनबेच भएको छ। नेप्सेका अनुसार कम्पनीको ९ करोड ९९ लाखको सेयर खरिदबिक्री भएको हो।

    त्यस्तै हिमालय ऊर्जा विकास, एनआईसी एसिया बैंक, आँखु खोला जलविद्युत्, नेपाल लाइफ इन्स्योरेन्सको पनि धेरै कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार