Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अन्तरघातीको सूची पठाउन कांग्रेसले पुनः थप्यो म्याद

    अन्तरघातीको सूची पठाउन कांग्रेसले पुनः थप्यो म्याद

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले गत आम निर्वाचनका अन्तरघातीलाई कारबाहीका लागि सिफारिस गर्ने समय पुनः थप गरेको छ ।

    मातहतका समितिबाट म्याद थपका लागि सिफारिस आएपछि अनुशासन समितिले माघ मसान्तसम्मका लागि म्याद थपेको हो ।



    कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको सूची यही माघ १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।



    यसघि कांग्रेसले पुस १५ मा आफ्ना र गठबन्धनका अन्तरघातीको सूची केन्द्रमा पठाउन भनेको थियो । पुस १० गठबन्धन भत्किएपछि कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेको मात्र सूची पठाउन भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार