Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मलेसियाका गृहमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

    मलेसियाका गृहमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 588
    SHARES

    क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

    राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।



    उनीहरुबीच दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।



    गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्व हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार