Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन ‘भष्मे डन’को औपचारीक घोषणा

    ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन ‘भष्मे डन’को औपचारीक घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 501
    SHARES

    काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन त्यसको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा भएको छ ।

    आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले पशुपतिप्रसादको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा गरेको हो ।



    ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रमा अभिनेता विपिन कार्की फेरि ‘भष्मे डन’ को भूमिकामा देखिने छन् ।



    फिल्ममा विपिन कार्की भष्मे डनको चरित्रमा हुनेछन् । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभु पौडेल, प्रकाश दाहालजस्ता सहायक कलाकार समेत छन् ।

    चलचित्रको छायांकन फागुन १२ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ । फिल्म आगामी दसैंमा रिलिज हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार