Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नोभाकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

    नोभाकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 411
    SHARES

    एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जित्दै कीर्तिमानी २२औं ग्राण्ड्स जित्ने राफायल नाडालको कीर्तिमान बराबरी गरेका छन् ।

    वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको फाइनलमा जोकोभिचले ग्रिक खेलाडी स्टेफानो सिसिपासलाई ६-३, ७-६, ७-६ ले पराजित गरे ।



    जोकोभिचले १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । उनले अष्ट्रेलियन ओपनको फाइनलमा हार व्यहोरेका छैनन् ।



    साविक विजेता नाडालको चोटका कारण यस पटक अष्ट्रेलियन ओपनको यात्रा चाँडै टुङ्गिएको थियो । गत वर्ष कोभिड-१९ भ्याक्सि नलगाएका कारण अष्ट्रेलियन ओपन खेल्न नपाई फिर्ता भएका जोकोभिचले यस पटक भने उपाधि नै जिते ।

    जोकोभिचले अष्ट्रेलियन ओपन १० पटक जित्दा विम्बलडन ओपन ७, युएस ओपन ३ र फ्रेन्च ओपन २ पटक जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार