Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बालुवाटार पुगेका हुन् ।



    प्रधानमन्त्रीको सचिवालयका अनुसार सर्वसम्मतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रविले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । अदालतको निर्णयपछि उपनिर्वाचनबारे छलफल गर्न र गृह मन्त्रालय नछोड्ने पार्टीको निर्णय जानकारी गराउन सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको बताइएको छ ।



    उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिएका थिए । उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दावी रहेको जनाएको थियो ।

    अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो ।

    आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार