Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्रीलाई रविले भने मलाई पुनः गृहमन्त्री बनाउनुस्, प्रचण्डको जवाफ – परामर्श गर्छु

    प्रधानमन्त्रीलाई रविले भने मलाई पुनः गृहमन्त्री बनाउनुस्, प्रचण्डको जवाफ – परामर्श गर्छु

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 477
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता भएको छ ।

    आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेका हुन् ।



    भेटका क्रममा रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आफू गृह मन्त्रालयमा फर्किने बताएका छन् ।



    लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन् । तर प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ नदिएको बताइएको छ ।

    उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ फर्काएका छन् । आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र रविलाई नै पुनः मन्त्रीमा पठाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार