Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री प्रचण्डले बोलाए पदाधिकारी बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 342
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

    सरकारको नेतृत्वकर्ता दल समेत रहेको माओवादी केन्द्रले आजका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक मंगलबारलाई सारेर पदाधिकारी बैठक बोलाएको हो ।



    बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रीय कार्यालयले बताएको छ । बैठकमा संगठनात्मक विषयमा छलफल हुनेछ ।



    तर आजको बैठकमा संगठनात्मक र कार्यविभाजन बाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ ।

    पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे समेत छलफल हुनेछ । यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो ।

    नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए । आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै लामिछानेले पुनः गृहमन्त्रीको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार