Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सहिदको सम्मानका लागि देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

    सहिदको सम्मानका लागि देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 402
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।

    सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरू अमर र अजर रहने बताए । उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि सहिदहरू प्रेरणाको श्रोत भएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले आज माघ १६ गते सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको शालिकमा माल्यार्पण समेत गरे ।

    उनले माघ १६ गतेको दिनलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार