Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै

    निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 468
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारसँग परामर्श गरेर आयोगले मिति घोषणा गर्न लागेको हो ।

    आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको  निर्वाचन आयोग स्रोतले बतायो ।



    स्रोतका अनुसार त्यसका लागि आज १२ बजे निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ ।



    यस विषयमा आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरिसकेको छ । यद्यपि मिति घोषणा गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँग आज नै थप परामर्श गर्ने आयोगको तयारी छ ।

    संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने उल्लेख छ ।

    तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ (१) मा राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचन आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार