Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • उपकार लघुवित्तले ६१ प्रतिशत बोनस सेयर दिने

    उपकार लघुवित्तले ६१ प्रतिशत बोनस सेयर दिने

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 738
    SHARES

    काठमाडौं । वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ ।

    लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।



    कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ६ करोड ५६लाख २५ हजार रुपैयाँको ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।



    यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।

    साधारणसभाबाट पारित भएपछि कम्पनीले ६१.७५ प्रतिशतले हुन आउने ४ करोड ५ लाख रुपैयाँ र ३.२५ प्रतिशत २१ लाख ३२ हजार ८०० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार