Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पोखरामा आत्मदाह गर्न लागेका युवकलाई जोगाउन गएकी महिलाको मृत्यु

    पोखरामा आत्मदाह गर्न लागेका युवकलाई जोगाउन गएकी महिलाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 492
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

    काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।



    प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।



    सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् ।

    आत्महत्या प्रयास गर्ने क्षेत्रीकाे अवस्था सुधाराेन्मुख रहेकाे छ । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार