Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतले जित्याे यू–१९ महिला विश्वकप उपाधि

    भारतले जित्याे यू–१९ महिला विश्वकप उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 402
    SHARES

    एजेन्सी । भारतले दक्षिण अफ्रिकामा जारी महिला यू-१९ महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ ।

    पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि जित्दै भारतले इतिहास रचेको छ ।



    जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । भारतकी सौम्या तिवारीले ३७ बलमा ३ चौकासहित सर्वाधिक २४ रनमा अविजित रहिन् ।



    कप्तान शफाली बर्मा ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भइन् ।

    इंग्ल्यान्डकी रियाना म्याकडोनाल्ड गेले २४ बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । नियाम हल्याण्ड १०, एलेक्सा स्टोनहाउस र सोफिया स्मालेले ११–११ रन बनाइन् ।

    महिला यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागीता थियो ।

    भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्डले अष्ट्रेलियालाई सेमिफाइनलमा तीन रनले हराएको थियो ।

    प्रतियोगितामा इंग्ल्याण्डकी ग्रेस स्क्रिभेन्स प्लेअर अफ दि सिरिज घोषित भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार