Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दुबईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्ट’मा आफ्नो फिल्म नदेखाउन ‘महापुरुष’ टिमको चेतावनी

    दुबईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्ट’मा आफ्नो फिल्म नदेखाउन ‘महापुरुष’ टिमको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ले चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म फेस्टिभल बहिष्कारको घोषणा गरेको छ ।

    फिल्म निर्माण कम्पनी षट्कोण आट्र्सले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई नसोधिकन विकास बोर्डले गर्न लागेको फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारीविना आफ्नो फिल्म समावेश गरेको र अनाधिकृत ढंगले फिल्म देखाउन लागिएको भन्दै प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको जनाएको छ।



    विज्ञप्तिमा भनिएको छ, ‘महापुरुष राखेर पोस्टर बनाइएकोमा हाम्रो आपत्ति छ। विवादित र अनावश्यक खर्चको कार्यक्रममा हाम्रो साथ, सहयोग र सहमति छैन। हामीले फिल्म नदिने निर्णय गरेका छौं।’



    सूर्य कर्पोरेसनसँग मिलेर ३० लाख रुपैयाँ खर्चमा गर्न लागिएको फेस्टिभलप्रति पनि ‘महापुरुष’ निर्माण कम्पनीले प्रश्न उठाएको छ ।

    ‘महापुरुष’ नेपाली फिल्म उद्योगको यो वर्षको हिट फिल्म हो। विश्वका विभिन्न मूलुकमा रहेका नेपालीले यो फिलमको प्रतिक्षा गरिरहेकाले पनि बोर्डले यस्तो प्रचार गरिरहेको छ।

    चलचित्र विकास बोर्डले विवादास्पद कम्पनी सूर्य कर्पोरेसनलाई इभेन्टको जिम्मा दिँदै दुबईमा फेस्टिभल गर्ने तयारी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार