Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

    परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 426
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

    भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    नुल्यान्डले पौड्याललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।



    आजै उपविदेशमन्त्री न्‍युल्यान्डको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेट गरेको छ।

    दुई दिने नेपाल भ्रमणका लागि उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौं आइपुगेकी हुन्। उनले नेपालपछि भारत,श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार