Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने ८ जना पक्राउ

    मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने ८ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 504
    SHARES

    वीरगञ्ज । प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ ।

    सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो ।



    मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार