Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु हुँदैन : महन्थ ठाकुर

    रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु हुँदैन : महन्थ ठाकुर

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 330
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री बनाउन नहुने बताएका छन् ।

    अध्यक्ष ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृहमन्त्री नबनाउन सरकारसँग माग गरेका हुन् । ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरे ।



    उनले भने,‘वास्तविकता त उहाँले आफै सोच्नु पर्ने हो। त्यो कामहरू गलत भएको छ कि छैन ? उहाँले सहि ठान्नु भएको कुरो कानुनी रुपमा सहि देखिएन ।’



    नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको ठाकुरको भनाइ छ। सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुनस्नागरिकताको प्रमाणपत्र लिएका छन्।

    नागरिकता लिगलगत्तै सोमबार नै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनस्चयन भएका छन्। लामिछानेमाथि नेपाल र अमेरिकाको राहदानी एकैपटक प्रयोग गरेको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार