Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रेमप्रसाद मृत्यु प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसँग प्रहरीले लियो बयान

    प्रेमप्रसाद मृत्यु प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसँग प्रहरीले लियो बयान

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 687
    SHARES

    काठमाडौं । आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालकसँग बयान लिएको छ ।

    आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले सञ्चालक मीनबहादुर गुरुङसंग बयान लिएको हो ।



    आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमा भाटभटेनीका सञ्चालकको नाम समेत लेखेका थिए ।



    सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।

    माघ १० मा संसद् भवन अगाडी आफैँलाई जलाएका प्रेम प्रसादको भोलिपल्ट कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए ।

    ६ हजार भन्दा लामो फेसबुक स्ट्याटसमा भाटभटेनीले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन् । प्रहरीले नक्साल स्थित शान इन्टरनेशनल कलेसँग पनि बयान लिएको छ । टुर प्याकेज गराएको ९० हजार रकम सो कलेजले नदिएको आचार्यले आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार